Nepal's First Video FM

सात जुवाडे १ लाख ३० हजारसहित जुवाखालबाट पक्राउ

526

महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु. एक लाख ३० हजारसहित पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.