नायिका संचिता लुईँटेलको अभिनय रहेको फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘गुनगुन’ को पोस्टर रिलिज भएको हो ।
निर्देशक पुकार भट्टराईका अनुसार यस फिल्मा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको छ । पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाङ्कन रहेको छ ।
कार्तिक ३० मा रिलिज डेट तोकिएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नवीन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भीम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.