ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएकाे छ । असोज १९ गतेबाट प्रदर्शन मिति सारेर मंसिर ७ गतेलाई प्रदर्शन मिति तय भएको छ ।
चलचित्रमा नायक आकाश श्रेष्ठ र कलाकार विल्सन विक्रम राइका साथै मुख्य भूमिकामा नव-नायिका आश्मा गिरीलाई देखाइएको छ । आश्माका लागि आकाश र विल्सनको झगडा चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी लगायतका कलाकार पनि मुख्य भूमिकामा देखिएका छन् ।
आर बी मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र निर्माणमा रियल एन्ड रिल सिनेमाले सहकार्य गरेको छ भने राहुल शर्मा र रामेश्वर हुमागाँइको छायांकन रहेकाे छ
Comments are closed, but trackbacks and pingbacks are open.