Nepal's First Video FM

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

535

काठमाडौँ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ आउदो आइतबार उत्तर कोरिया जाने भएका छ ।भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेटेपछि आणविक निशस्त्रीकरणको प्रक्रिया थप अगाडी बढ्ने अपेक्षा विदेश विभागले जानकारी दिएको छ ।

यसअघिको सम्झौता कार्यान्वयन गराई शान्ति स्थापनाका लागि अहिलेको भेट थप उपलब्धीमुलक हुने विदेश विभागले विश्वास व्यक्त गरेको छ । उनले दुई देशको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठकका लागि तयारी पनि गराउने बताइएको छ ।

उनले अहिले तेस्रो पटक भ्रमण गर्न लागेका हुन । पोम्पेओले यसअघि दुई पटक किमलाई भेटिसकेको बताईएको छ ।उनका यसअघिका भेटवार्ता तथा भ्रमणहरुले सही बाटो नै देखाएको विश्लेषण गरिएको छ ।

यसअघि पनि पोम्पेयोले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेका थिए । तर सो भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेको समाचारहरुमा जनाईइको थियो ।

कमै मात्र विदेशको भ्रमण गर्ने गरेकोे उत्तर कोपियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलन अमेरिकी राष्ट्रपति भेटवार्ता छलफल दुईपक्षीय सम्झौता समेत गरेका थिए । द्वीपक्षीय सम्झौता कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण विषय रहेको थियो ।

पोम्पेयोको उत्तर कोरियाको भ्रमणपछि दक्षिण कोरियातर्फ लाग्नु हुने र त्यहाका राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ताको कार्यक्रम हरेको बताइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.