असाेज १८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३आँै स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उहाँले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भन्नुभयो, “चाँडोभन्दा चाँडो एकीकृत पार्टी निर्माण गरेर त्यसलाई गति दिनुको विकल्प छैन । एकीकृत पार्टी राष्ट्रव्यापी र जनव्यापीरुपमा गतिशील पार्टी र राष्ट्रिय शक्तिका रुपमा रहन्छ । यसले मात्र राष्ट्रिय राजनीतिलाई गति दिन सक्छ ।”
संविधानबमोजिम जनताको हक अधिकारलाई प्रत्याभूत गर्न धेरै ऐन, कानून निर्माण गर्नु जरुरी रहेको बताउँदै उहाँले मजदुरसम्बन्धी ऐन परिस्कृत रुपमा निर्माण गरेर सबै श्रमिकलाई हक अधिकारले सुसज्जित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालले बढ्दो महङ्गी र आधारभूत आवश्यकताका वस्तु र सेवामा भइरहेको अधिक मुनाफामुखी प्रवृत्तिका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने बताउनुभयो ।
Comments are closed.