Nepal's First Video FM

डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान

678

नेपाली रुपैयाँ अहिलो सम्मको कम्जोर भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनीमयदर अनुसार एक डलरको खरिददर ११७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रुपैयाँ शुन्य ३ पैसा रहेको छ। यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो।
डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा देखिएको हो । भारुसँग नेरुको विनिमय दर भने स्थिर छ। १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ। भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ।

डलरको भाउ अझै बढेर १२० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो।

पछिल्लो दुई महिनाको अवधिमा डलरको मूल्य नेपाली रुपैयाँसँगको तुलनामा करिब १० रुपैयाँले बढेको छ। अमेरिकी मुद्राको माग बढदै गएपछि संसारका धेरै राष्ट्रको तुलनामा डलर महंगो बन्दै गएको हो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.