असाेज १९, दैलेखमा भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि १२ बजेर ५३ मिनेटमा भवानीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । त्यसको ५ मिनेटमै दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Comments are closed.