असाेज १९, नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् । दुवै पार्टीका सांसदहरुले सरकारको काम कारवाहीको विरोध गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु भएलगत्तै सभामुखसँग विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए ।
त्यसपछि नेकपाका सचेतक सुन्दर विश्वकर्मा र सांसद रामचन्द्र मण्डले सरकारको बजेट लगायतको विषयमा आलोचना गरेका थिए । विपक्षी पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
अनलाइन खबरबाट
Comments are closed, but trackbacks and pingbacks are open.