असार १९, नेपाली कांग्रेसले शुक्रबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ । पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक कांग्रेसले ३ दिनका लागि स्थगित गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएकाे जानकारी दिए । पाैडेलका अनुसार असोज २२ गते दिउँसो १ बजेका लागि अर्काे बैठक बाेलाइएकाे छ ।
Comments are closed, but trackbacks and pingbacks are open.