Nepal's First Video FM

‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

597

यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना थाहा नभएको र हालसम्म जीवित रहेको वा मृत्यु भएको थाहा नभएमा आमाले पतिको पहिचान गर्न नसक्ने र सन्तानले नागरिकता नपाउन सक्ने नागरिकता प्रभावित व्यक्तिहरूको तर्क छ ।

त्यस्तो अवस्थामा बाबुको पहिचान हुन नसक्ने भएकाले स्वघोषणा गर्नुपर्ने, स्पष्टीकरण दिनुपर्ने व्यवस्थाले व्यक्तिको गोपनीयताको हक हनन हुने अधिकारकर्मीहरूको धारणा छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जालकी अध्यक्ष दीप्ति गुरुङले आमाको नामबाट नागरिकता लिन चाहनेलाई प्रशासनका कर्मचारीले सौतेनी व्यवहार देखाउने गरेको बताइन् । ‘वंशजका आधारमा वा अरू साधारण अवस्थामा नागरिकता लिनेहरूभन्दा आमाको नामबाट नागरिकता लिनेहरूलाई अर्कै दृष्टिले हेर्ने र फरक व्यवहार गर्ने प्रवृत्ति छ । आमाले बाबुको पहिचान नभएको भनी स्पष्टीकरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.