Nepal's First Video FM

इन्टरपोलका अध्यक्ष सम्पर्कविहीन

77

२० असोज, काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेइ सम्पर्कविहीन भएका छन् । फ्रान्स सरकारले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ । स्थानीय मिडियाका अनुसार वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान गरेका थिए ।उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । मेंगकी पत्नीका अनुसार उनको कुराकानी सेप्टेम्बरको अन्तिम साता भएको थियो । त्यसपछि मेंगको अत्तोपत्तो छैन ।सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो ।
९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् । onlinekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.