असाेज २०, अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्ला अस्पताल अर्घाखाँचीमा केही दिनयता बिरामीको संख्या ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी भाइरलका विरामी उपचारका लागि आउने गरेका छन्। १५ शय्याको अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार गरीरहेको छ।
बेडमा बिरामी राख्ने ठाउँ नभएपछि अस्पतालभित्र बाटो, भुइँ जहाँ खाली हुन्छ त्यही राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालका प्रमुख निर्देशक जगतनाथ तिवारीले बताए। उनका अनुसार बिरामीको संख्या बढेपछि व्यवस्थापन गर्न हम्मे परेको छ। कतिपय बिरामी आफैंले ओढ्ने ओछ्याउने ल्याएर अस्पतालका बाटो खाली ठाउँमा सुतेर उपचार गराइ रहेका छन्।
अस्पतालको आकस्मिकदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिएको छ। वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन, बाढीको फोहर, दुर्गन्ध आदि कारणले भाइरलको प्रकोप फैलिएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ।
अन्ननपूण पाेस्ट बाट
Comments are closed, but trackbacks and pingbacks are open.