Nepal's First Video FM

नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान

541

असाेज २१, चन्दा उठाएर साना र सामान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ ।

तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थाल्नु भएको छ । पछिल्ला केही बर्षदेखि पाकिस्तानले चरम ऊर्जा संकट भोग्दै आएको छ ।

दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हदै आएको छ । निर्माणमा रहेका केही आयोजनामा चरम वेथिती र भ्रष्टाचार व्याप्त छ । राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनाहरुमा समस्या परेका छन् । बर्षेनी बढीरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ । तर समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको छ । त्यो हो राष्ट्रिय रुपमा चन्दा अभियान चलाउने र वृहद परियोजनालाई सार्थक बनाउने । पाकिस्तानमा कूल ऊर्जाको औसत माग १७ हजार मेगावाट रहेको छ । कूल जडित क्षमता २५ हजार मेगावाट भएपनि ऊर्जाको चरम संकट रहेको छ ।

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले केही राष्ट्रिय अभियान सञ्चालन गरिरहनु भएको छ । विलाशी सवारी साधानको बिक्री वितरण, कर प्रशासनमा सुधार तथा नागरिककै जीवनशैलीका प्रधानमन्त्री रहने र जनतालाई केही आर्कषक र व्यवहारिक रुपमा सुधारात्मक अभियानबाट प्रधानमन्त्री खान पछिल्लो दिनमा चर्चित हुनुहुन्छ ।

पाकिस्तानलाई आर्थिक रुपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यताको विकास गर्न सरकारले नै प्रयास गरेको छ । विदेशी दातृ निकाय पनि केही ठूला परियोजनामा लगानी गर्न इच्छुक छन् । तर दातृ निकायको ऋणका कारण पाकिस्तानको अर्थतन्त्र धरापमा परेको भन्दै नवनिर्वाचित सरकारले केही नयाँ घोषणा गरेको छ । त्यो हो ‘राष्ट्रिय चन्दा अभियान, देशका लागि पाकिस्तानको विकासका लागि’ ।

जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान सूरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिनुभयो ।

पाकिस्तानमा चन्दा संकलन अभियान सुरु गरिएको हो । ठूला परियोजनामा नागरिकको सहभागिता होओस् भन्ने मान्यताको विकासका लागि पनि त्यस्तो अभ्यास गरिएको हो । जनताको विकास निर्माणको चाहना र राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि नागरिकलाई नै विकास निर्माणको काममा प्रत्यक्ष सहभागिता गराउन लागिएको हो निसारलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिस्तान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दा जस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मझौला परियोजना अगाडि बढाएको थियो । टेलिफोन कलमा सुरु गरिएको अभियानले सो देशमा समेत सार्थकता पाएको छ । तर पाकिस्तानले भने देशभित्रै १२.४ अर्ब डलर रकम जुटाउने अभियान सुरु गरेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब ४० अर्ब भन्दा बढी हुन जान्छ ।

विभिन्न समाचार एजेन्सीको सहयोगमा/ रासस

You might also like

Comments are closed.