Nepal's First Video FM

घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

723

असाेज २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले उहाँलाई आज साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।”

रासस

You might also like

Comments are closed.