Nepal's First Video FM

नेकपाको सचिवालय बैठक आज बस्दै, एकता प्रक्रिया विवादबारे छलफल हुने

523

सत्तारुढ पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच विवाद बढेका बेला सचिवालय बैठक बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओली अमेरिका र अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर भ्रमणका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै सरकारको काम र पार्टीको भूमिकाबारे वक्तव्य दिएका थिए ।

यो क्रम दोस्रो र तेस्रो तहका नेताहरुमा पनि देखिएको थियो । विवादपछि बस्न लागेको सचिवालय बैठकले तल्लो तहमा देखिएको एकता प्रक्रिया विवादका बारेमा छलफल गर्ने बताइएको छ ।

You might also like

Comments are closed.