Nepal's First Video FM

शंकाको मुख्य घेरामा एसपी विष्टका छाेरा किरण विष्ट !

581

निर्मला पन्तकाे बलात्कार पछि हत्या प्रतिवेदन सार्वजनिक भएकाे छ। छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ।

किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन्। तर, उनको नागरिकतामा भने २०५६ साल १० वैशाखमा उनको जन्मदिन देखिएको भन्दै शंकास्पद ठहराएको खबर राजधानी दैनिकमा छ।

विष्टले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताएका छन्। सो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने बेहोरा पनि शंकास्पद रहेको प्रतिवेदनमा छ। छानबिन समितिसमक्ष उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी बम र बबिता बमलाई नचिनेको बताएका छन्।

यसैबीच, छानबिन समितिले आन्दोलनका क्रममा सन्नी खुनाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ।

यस्तै, छानबिनलाई प्रभावित बनाउने र हेलचेक्र्याइँ गर्ने प्रहरी, वडा प्रहरी कार्यालयका इन्चार्ज निरीक्षकलगायतलाई पनि अनुसन्धानमा तानी बलात्कार र हत्याको रहस्य पत्ता लगाउन सुझाव दिएको छ । घटनास्थलमा रहेको गन्जी र निलो कट्टु तथा निर्मलाका कपडा पखाल्ने कामले प्रमाण नष्ट गर्न मद्दत पुगेको समितिको ठहर छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.