फ्रेन्च लिग वोन अन्तर्गत गए राति भएको खेलामा पिएसजीले शानदार जित निकालेको छ । पिएसजीको घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्दै शानदार जित निकालेको हो ।
पिएसजीलाई सानदार जित दिलाउनका लागि विश्वकप विजेता, किलियन एम्बाप्पेले ४ गोल गरे भने, नेयरमाले पेनाल्टी मार्फत एक गोल गरे । पहिलो हाफको ९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेयमारले टिमलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-० गोल अन्तरमा खेल सकिएको थियो । दोस्रो हाफमा १३ मिनेटको अन्तरमा एम्बाप्पेले ४ गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए । उनले खेलको ६१, ६६, ६९ र ७४ औं मिनेटमा गोल गरे।
पहिलो हाफमै ३५ औं मिनेटमा पिएसजीका प्रेस्नेल किम्पेम्बेले सोझो रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । २६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका लियोनका लुकास टुसार्टले ४५ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाएपछि लियोन पनि १० खेलाडीमा सिमित भएको थियो ।
लिग वोन अन्तर्गत ९ खेलमा शत प्रतिशत जित निकालेको पिएसजी २७ अंक सहित लिगको शिर्षस्थानमा छ ।
Comments are closed.