Nepal's First Video FM

यात्रुलाई सहज बनाउन आजदेखि रुट परमिट खुला,

788

यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनका लागि रुट परमिट खुला गरेको छ ।
दशैं नजिकिएसँगै काठमाडौं बाहिर जाने तथा भित्रने यात्रुलाई सहज बनाउन बिभागले आजदेखि असोज ३१ गतेसम्मका लागि रुट परमिट खुला गरेको छ । परमिट खुला भएपछि यात्रुबाहक सवारी साधनले नेपालभर आफूखुसी रुटमा सवारी चलाउन पाउनेछन् ।

दशैं, तिहार र छठ मान्न राजधानीमा रहेका करिव २० लाख मानिस मूल थलो फर्कने अनुमान गरिएको छ । त्यसका लागि यातायात व्यवसायी महासंघले दुई साताअघि नै टिकट बुकिङ खुला गरिसकेको छ ।

यसैबीच यातायात व्यवस्था बिभागले काठमाडौं-नारायणगढ सडकमा यात्रा सहज बनाउन आजदेखि मालबाहक ठूला सवारीलाई प्रवेशमा रोक लगाएको छ । असोज ३१ गतेसम्म खाद्यान्न र खासी बोकेका गाडी बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.