माघ ९, राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यकालागि तीन उम्मेदवार छनोट गरेको छ । प्रदेश ४ र ५ का तीन सिटमा उम्मेदवारी दिने रास्ट्रिय जनमोर्चाको निर्णय रहेको छ ।
जनमोर्चाले प्रदेश ४ को खुलातर्फ कृष्ण अधिकारी र महिला तर्फ मिना पुनलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश ५ को खुलातर्फ रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् । रश्मिराज र मिना पूर्वसभासद हुन् भने कृष्ण पूर्वविद्यार्थी नेता हुन् ।
Comments are closed, but trackbacks and pingbacks are open.