Nepal's First Video FM

रुस पठाइदिने भन्दै ४५ लाख ठगी गर्न तीन पक्राउ

681

रुसमा जागिर लगाइदिने लोभ देखाएर दर्जनौँ व्यक्तिबाट ४५ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसियास्थित गाजेस्थानमा रहेको अर्गानिक कृषि फर्ममा काम लगाइदिने आश्वासन दिएर ठगी गर्ने राजु तामाङ, ज्ञानगोविन्द वैद्य र जगतबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

ठगीमा संलग्न नुवाकोटका तामाङ ३९ वर्षका हुन्, उनले आफू रुसमा बस्दै आएको र आफ्नै फार्मका लागि कामदार चाहिएको बताउने गरेका थिए।ललितपुरका वैद्य ७२ वर्षका हुन्, उनले काठमाडौंबाट रुस पठाउने काम गर्थे। काठमाडौंमा बस्दै आएका सिन्धुपाल्चोकका श्रेष्ठ भने ४४ वर्षका छन् जसले गाउँबाट सोझा मान्छेलाई रुस जान प्रक्रिया अगाडि बढाउन भन्दै काठमाडौं पठाउने गर्थे। कटवालले दिएको जानकारी अनुसार यी तीन जनाले रुसमा रहेको कृषी फार्ममा कामदारको आवश्यकता छ, प्रति दिन १० घण्टा काम गरे वापत मासिक तलब १००० अमेरिकी डलर पाइने र खाने बस्ने सुविधा रहेको भन्ने गर्थे।

उनीहरूले उक्त काममा जानका लागि प्रति व्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्ने बताउँदै आएका थिए। यी तीनजनाको गिरोहले सिन्धुपाल्चोक, चितवन, झापा, पर्सा लगायतका जिल्लाका नेवार, तामाङ, चौधरी थरका कम लेखपढ भएका व्यक्तिहरूलाई आश देखाएर ठग्ने गरेका थिए।

विश्वास दिलाउनक लागि उनीहरूले नक्कली कागजात पनि देखाउने गरेका थिए। प्रहरीले दिएको जानकारी अनुसार यी तीनजनाले हालसम्म ३९ जनाबाट ४५ लाख ११ हजार भन्दा बढी रकम उठाएर ठगी गरेको उजुरी परेको थियो। उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.