Nepal's First Video FM

नुवाकोटमा बस दुर्घटना : घटनास्थलमा नै दुईको मृत्यु, १५ भन्दा बढी घाइते

566

नुवाकोटको खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्वरकाे यात्रुबाहक वस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् ।

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।
मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । बसमा ३५ देखि ४० जना यात्रु रहेको खुलेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र सदरमुकाम विदुरस्थित विभिन्न अस्पतालमा पठाइएको छ ।

गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.