Nepal's First Video FM

निर्मला पन्तको यौनिक स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई मानव अधिकार आयोगको निर्देशन

487

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको यौनिक स्वाब (भेजाइनल स्वाब) र त्यसबाट निकालिएको डिएनए नमूना यथास्थितिमा सुरक्षित राख्न नेपाल प्रहरीलाई बिहीबार निर्देशन दिएको छ ।

चिकित्सकीय जाँच तथा प्रमाणको वैज्ञानिक परीक्षणका सम्बन्धमा राय र सुझाव लिने उद्देश्यले कानुनी चिकित्सा विज्ञ र ’डिएनए’ विज्ञहरुसँग छलफल गर्दै आयोगले सुरक्षित राख्न निर्देशन दिएको हो । छलफलका क्रममा डिएनए’ परिक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनका प्रतिलिपिको समेत सूक्ष्म अध्ययन गरिएको जनाएको छ ।

अध्ययनपश्चात् आयोगले मृतक निर्मलाको यौनिक स्वाव नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाको बारेमा जानकारी गराउन पनि महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार समेत गरेको छ । news24

You might also like

Comments are closed.