Nepal's First Video FM

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

504

असाेज २९, रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

बहराइनको बुकामत कम्पनीमा कार्यरत रहँदा आगलागीमा परेर घाइते भएका तिलिजाको उपचारका लागि म्याग्दी उद्धार समिति बहराइनले रु एक लाख ६१ हजार पाँच सहयोग गरेको हो । समितिका अध्यक्ष लोकबहादुर राम्जालीले तिलिजालाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी समितिका तर्फबाट म्याग्दी भ्रमण वर्ष २०७५ को अगुवाइ गरेको उद्योग वाणिज्य सङ्घलाई कालीपुलस्थित सूचना केन्द्रमा सञ्चार सुविधाको व्यवस्था गर्न रु २२ हजार २२२ सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रममा पत्रकार हरिकृष्ण गौतमलाई रु ११ हजार ११५ नगद पुरस्कार प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.