Nepal's First Video FM

चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक

746

चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ आइतबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरेको छ । यस अघि यूट्युब मार्फत सार्वजनिक गरिएको पहिलो गीत ‘लै लै’ले सकारात्मक प्रतिक्रिया समेत पाएको छ । गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्द र वि. पाण्डेको संगीत रहेको छ ।

गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेत र मोडल अन्जली अधिकारी गीतमा फिचर्ड भएका छन् । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’मा नम्रता श्रेष्ठ र विपिन कार्की प्रमुख भूमिकामा छन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको कथालाई चलचित्रले समाबेश गरेको छ ।

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह निर्देशकका रुपमा छन् । सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको फिल्ममा हिमाल केसीको थ्रिल छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.