Nepal's First Video FM

देशवासीका नाममा सम्बोधन गरेर विदा हुँदै देउवा

576

फाल्गुन ३, प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरमा राजीनामा दिने तयारी गरेका छन्।

देउवाले आज बिहान ९ बजे आफ्नो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक बोलाएको र बैठक सकिएलगत्तै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने प्रधानमन्त्रीका प्रेस संयोजक गोभिन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए। तर, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो।

जेठ २३ मा माओवादीसँगको सहकार्यमा देशको ४० औं प्रधानमन्त्री भएका देउवा आठ महिनापछि सरकारबाट बाहिरिन लागेका हुन्।

देउवाको कार्यकालमा दुई चरणको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न भएको थियो।

You might also like

Comments are closed.