Nepal's First Video FM

राजदेवी मन्दिरमा १२ हजार बोकाको बलि दिइँदै, बिहानैदेखि दर्शनार्थीको भीड

754

बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् ।

सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक महावीर युवा कमिटीका अध्यक्ष रोशनशेखर जयसवालका अनुसार मध्यान्ह १२ बजेसम्म प्रसाद चढाउने र खोंइछ भर्ने महिलाको भीड लागेको छ ।

प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्नपछि मन्दिर सफा गरी साँझ हुने बोका बलिको तयारी गरिने बताइएको छ । सो मन्दिरमा आज करीब १२ हजार बोकाको बलि दिने अनुमान गरिएको छ ।

त्यस्तै यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमा स्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिला लाममा लागेका छन् ।विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको लामो लाम देखिएको छ । सो मन्दिरमा रातिदखि नै खोंइछ भर्ने महिलाको भीड रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.