Nepal's First Video FM

तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला

473

बडादशैंको महानवमीका दिन आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।हरेक वर्षको महानवमीका दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो ।

तलेजु भवानीको दर्शन गर्न नवमीका दिन भक्तजनको ठूलो भीड लाग्ने गर्छ । तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रूपमा तलेजु भवानीलाई लिने गरिन्थ्यो । वसन्तपुरको घरमा प्रतिस्थापित जीवित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत लिइँदै आएको छ । काठमाडौं मात्र नभई भक्तपुरको तलेजु भवानी पनि भक्तजनका लागी नवमीको दिन खुला गरिएको छ ।

तलेजु मन्दिरमा अरू ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । सर्वसाधारणका लागि वर्षको एक दिन मात्र खुल्ने भए पनि नित्य, विशेष र वार्षिक गरी तीन प्रकारको पूजा गरिन्छ । बडादशैंंको महाअष्टमीका दिन विशेष पूजासहित बलि चढाएर कालरात्रि गर्ने परम्परा रहेको छ । मनोकामना पूरा हुने विश्वासका साथ टाढाटाढादेखिका भक्तजन बिहानैदेखि तुलजा भवानीको दर्शन गर्न आइपुग्ने गर्दछन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.