Nepal's First Video FM

देउवाले तयार पारे आफु बाहिरिनु अगाडी गरेको काम र क्रियाकलाप,केहि बेरमै राजिनामा पत्र बुझाउदै राष्ट्रको नाममा सम्वोधन गर्दै

596

फाल्गुन ३, मन्त्रीपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्वोधन गर्ने कार्यक्रम छ । यो सम्वोधनमै देउवाले राजीनामा दिने छन् ।

यसअघि बुधबार राति नै संवोधन गर्ने तयारी भए पनि मन्त्रिपरिषद बैठक बस्न नसक्दा संवोधन सरेको थियो ।

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले गरेका ऐतिहासिक कामको फेहरिस्त देशवासीलाई सुनाउने बुझिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री बन्नका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेपछि देउवालाई छिट्टै संवोधन गर्न दबाब बढेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.