Nepal's First Video FM

यसरी मनाए कलाकारहरुले दशैँ (फोटोफिचर)

945

काठमाडौँ । नेपालीहरुको प्रमुख चाड विजय दशमीको आज विशेष दिन हो । नेपालीहरु बिहान देखि टिका थाप्न व्यस्त छन् । त्यसै गरि केही नेपाली कलाकारहरुले आफ्नो पुर्ख्यौली घर पुगेर दशैँ मनाउने र टिका थाप्ने गरेका छन् भने केहीले काठमाडौँमै रहेर दशैँ मनाइरहेका छन् ।

कतिपयले टिका लगाएको तस्विरहरु आफ्नो फेसबुक, इन्स्टग्राम र ट्वीटर लगाएतको सामाजिक संजालमा राख्न भ्याइसकेको छ । त्यस्तै कलाकारहरुले पनि दशैँमा टिका थापेको केहि तस्विरहरु सामाजिक संजालमा अपलोड गरेका छन् । प्रयाजसो नेपाली सेलिब्रेटीको ‘दशैं विशेष फोटो’ले फेसबुकलाई रङ्ग्याएका छन् । केही कलाकारहरुले टिका लागाएको यस्तो तस्विरहरु अप्लोड गरेका छन् ।

हस्याकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली):

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले छोरी र समग्र परिवारकै दशैंको तस्विर पोस्ट गरेका छन् ।

हस्याकलाकार माग्नेबुढा केदार घिमीरे :
हस्याकलाकार माग्नेबुढा केदार घिमीरेले आफ्नो श्रीमती सीतादेवी तिमल्सिनासँगको तस्विर पोस्ट गरेका छन् ।

आकाश श्रेष्ठ:
आकाश श्रेष्ठले आफ्नो घर दाङमा गएर दशैँ मनाएका छन् । उनले दशैँमा टिका लगाएको आफ्नो आमा र उनको तस्विर सामाजिक संजालमा राखेका छन् ।

अभिनेत्री वर्षा राउत :

अभिनेत्री वर्षा सिवाकोटीले पनि दशैँमा परिवारसंग टिका लगाएको तस्विर पोस्ट गरेकी छन् ।

अभिनेत्री तथा निमात्र्री रेखा थापा:
अभिनेत्री तथा निमात्र्री रेखा थापाले पनि दशैँमा पारिवारसगं टिका थापेको तस्विर सामाजिक संजालमा पोस्ट गरिन् ।

अभिनेत्री स्वयता खड्का :
अभिनेत्री स्वयता खड्काले हातमा दक्षिणा लिएको तस्विर पोस्ट गरेकी छन् ।

अभिनेत्री प्रियंका कार्की:

अभिनेत्री प्रियंका कार्कीले दशैंमा टिका थापेको तस्विर फेसबुकमा राखेकी छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह:

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दशैँको टिकाको तस्विर अप्लोड गरेकी छन् ।

You might also like

Comments are closed.