Nepal's First Video FM

प्रधानमन्त्रीको हातबाट दसैंको टीका कार्तिक ६ गतेसम्म लगाउन पाइने

630

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई बडादसैंको टीका लगाईदिएका छन् ।आफुले मान्यजनबाट टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।
निर्धारित समय भन्दा केहि पछि टिका लगाउने कार्य सुरु हुँदा प्रधानमन्त्री निवासमा टीकाको लागि जम्मा भएका पार्टीका कार्यकर्ता र सर्वसाधारणको भिड केहि बेर थामीनसक्नु भएको थियाे । टीकाको कार्यक्रम लामो हुँदा लाइन एकछिन अव्यवस्थित हुनुको साथै घन्टौं पालो कुर्नपरेको देखिन्थ्यो ।कति त धैर्य गरेर पर्खेका थिए भने कति टीका नलगाइ फर्कीएका थिए ।

यसैबीच भिडभाडका कारण प्रधानमन्त्रीको हातबाट टीका लगाउन नपाएकाहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको सचिवालयले कार्तिक ३ गतेदेखि कार्तिक ६ गतेसम्म विहान ९:00 देखि ११:00 बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंको टिका ग्रहण गर्न सकिने जानकारी दिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.