Nepal's First Video FM

ओली संग कोहि गएनन् प्रधानमन्त्रीको दावी बोकेर राष्ट्रपति भवनमा ,ओलीलाई आजै फूलमाला

1,020

फाल्गुन ३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सामु दाबी पेश गरेका छन् ।

ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु शितल निवास पुगेर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् ।

योसंगै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने शितल निवास स्रोतले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.