नेपालीहरुको दोश्रो महानपर्व शुभ दिपावलीको हार्दिक शुभकामना सहित चर्चित गायक तेजस रेग्मी र गायिका सम्झना भण्डारीको सुमधुर आवाजमा सतिश अधिकारिको रमाईलो देउसी भैलो गीत “नया गलबन्दी”बजारमा आएको छ।अमेरिकामा बस्दै आएका प्रतिभासाली सर्जक तथा एस थ्री के इन्टरटेनमेन्टका संचालक सतिस अधिकारीको यो अर्को उत्कृष्ट देउसी भैलो कोसेली हो।उक्त गीतमा चर्चित गायक तेजस रेग्मीकै शब्द र लयमा रहेको छ।उक्त देउसी भैलो गीतमा अभिनय भने रिना थापा मगर र श्री प्रेम थापाको रहेको छ।गीतलाई एस थ्री के इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।भिडियो निर्देशन भने शिब बिकले गरेका हुन्।शम्भु चालिसेको छायांकन र रबिन बिकको सम्पादन रहेको भिडियो यो बेला निकै चर्चामा छ ।
भिडियो सहित :
You might also like
Comments are closed, but trackbacks and pingbacks are open.