नेपालमा अब विद्युतीय सार्वजनिक ठूला बसकाे अाैपचारिक सुरुअात भएकाे छ । साझा यातायात प्रालिले अाज मंगलबारबाट काठमाडाैँ उपत्यकामा बिजुलीबाट चल्ने बसकाे अाैपचारिक सुरुअात गरेकाे हाे ।
लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा भित्र्याएकाे ‘बिजुली बस’को औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले पहिलाे चरणमा ५ बस सञ्चालनमा ल्याउन लागेकाे हाे । प्रधानमन्त्री ओलीले अाज दुइटा बसकाे उद्घाटन पुल्चोकस्थित साझाको कार्यालयमा गरेका हुन् । उनले पुल्चाेकबाट साे बसमा सिंहदरबारसम्मकाे यात्रा समेत गरेका छन् ।
चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका यी बसमा चालक र यात्रु गरी २० जना अारामसाथ सवार हुन सक्ने क्षमता छ । बसमा अपांगमैत्री ढाेका र सिट पनि छन् । बसहरुमा सीसी क्यामेरा समेत जडान गरिएकाे छ । एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म गुड्न सक्ने क्षमताका ब्याट्रीबाट यी बस नेपालमा पहिलाेपटक सञ्चालनमा अाएका हुन् ।
पछिल्लाे समय सरकारले विद्युतीय सवारी साधनमा छुट दिएसँगै विभिन्न यातायात कम्पनी यसतर्फ अाकर्षित भएका छन् । सुन्दर यातायात र मयुर यातायातले पनि तिहारलगत्तै बिजुली बस भित्र्याउने तयारी गरिरहेका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.