Nepal's First Video FM

नेपाली रेडियोले भारत विरोधी समाचार प्रशारण गरेको भन्दै प्रशारणमा रोक

689

भारत विरोधी प्रचार गरेको भन्दै नेपाल–भारत सीमाक्षेत्रमा रहेका नेपाली रेडियोको प्रशारणमा भारतले रोक लगाएको छ ।
सीमाक्षेत्रमा भारतविरुद्ध प्रचारवाजी गरेको र सुरक्षा खतराका बारेमा समाचार प्रशारण गरेको भन्दै भारतले सीमामा रहेका रेडियो स्टेशनको प्रशारणमा बन्देज लगाएको हो ।
हिन्दुस्तान नेटवर्क नामक भारतीय अखबारका अनुसार सीमा क्षेत्रमा रहेका माइती नेपाल, नेपालीको रेडियो, रेडियो हिमालय, रेडियो नेपाल, रेडियो कान्तिपुर, रेडियो अमरापुर र रेडियो तरंगलगायतमाथि रोक लगाइएको छ । सीमा क्षेत्रमा प्रशारण हुने रेडियोको फ्रिक्वेन्सी भारतीय सीमामा रहेका गाउँ र बिहार लगायतका क्षेत्रसम्म पनि सुनिने भएकाले केबल अपरेटरलाई नै रेडियो प्रशारण गर्न बन्द गर्न एडिजी कानून व्यवस्थापक अशोक कुमारले निर्देशन दिएको अखबारले उल्लेख गरेको छ ।

चंदनचौकी, गौरिफंटा, तिकुनिया क्षेत्र लगायत १७ स्थानमा प्रशारण रोक लगाइएको छ । यस्तै, नेपाली स्टेशनमा समेत कु प्रचार नगर्न भन्दै सजग गराइएको समेत अखबारमा उल्लेख गरिएको छ । news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.