Nepal's First Video FM

भारतबाट ल्याइँदै गरेकाे डेढ सय मेट्रिक टन चिनी भन्सारमै रोकियाे

768

भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ ।

सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो । मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट निची आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जनाकारी दिएका छन्, याे समाचार आजको कारोबार दैनिकमा छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.