Nepal's First Video FM

मदिराको सेवन गरेर आफ्नै श्रीमतीको हत्या

869

दैलेख। आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

श्रीमती हत्या गर्ने नौमूले गाउँपालिका– ४ दैलेखका ५१ बर्षीया शेर बहादुर पुनलाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले आफ्नै श्रीमती ५३ बर्र्षिया शान्ति पुनको हत्या गरेका हुन् ।

दशैको टिकाको दिन विहानै देखि श्रीमान् श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबैजना बीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरक्षीक पोखरेलले बताए ।

उनका अनुसार छमेकीको घरमा श्रीमान श्रीमती र छोरा संगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफुहरु घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.