फाल्गुन ३, प्रधान न्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता डा.सुरेन्द्र भण्डारी सुरक्षाका लागि जिल्ला प्रशासनको शरणमा पुगेका छन्। भण्डारी डा.गोविन्द केसीको पक्षमा सर्वोच्चमा बहस गर्दै आएका अधिवक्ता हुन्।
पुस २६ गते बहस सकिएपछि प्रधान न्यायाधीश पराजुलीले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको उनको निवेदनमा उल्लेख छ। ‘मुद्दामा बहस सकिएपछि करिब ५ः३० बजे प्रधान न्यायाधीश पराजुलीले फोन गर्नुभयो’, भण्डारीले नेपालखबरसँग भने, ‘बढ्ता हुनुभयो म तपाइँलाई मार्दिन्छु भन्नुभयो। मैले त्यस्तो कुरा नर्गुहोस् दाजुभाइबीच छलफल गर्न सकिन्छ। कुरा गर्न सकिन्छ भनेर टुंग्याएँ।’
डा.केसीकाे अान्दाेलन र अदालतकाे प्रवृतिबारे अधिवक्ता भण्डारीले लेखेकाे एउटा गत बिहीबार एक दैनिक पत्रिकामा प्रकाशित भएको थियो। त्यसपछि पनि प्रधान न्यायाधीशले फाेन गरेर अाफूलाइ धम्क्याएको उनले दाबी गरेका छन्।
‘लेख प्रकाशित भएपछि बिहान अन्दाजी ९ः३० बजे फोन गरी फेरि धम्क्याउनु भयाे’, भण्डारीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको निवेदनमा भनिएको छ।
प्रधान न्यायाधीशले ज्यान मार्ने धम्की दिइरहेको सन्दर्भमा हिजो मंगलबार शंखमुलस्थित भण्डारीको कार्यालयमा अज्ञात व्यक्ति प्रवेश गरी शंकास्पद किसिमले सोधीखोजी गरेका थिए। ‘कार्यालयमा गुण्डा आएर भण्डारीजी कहाँ हुनुहुन्छ। यस्तै पारा हो भने हामी देखाइदिन्छौं भन्न थालेपछि असुरक्षित महसुस गरेँ। त्यही भएर निवेदन दिन अाएको हुँ’, उनले भने। ज्यान तलमाथि भए प्रधान न्यायाधीश पराजुलीलाइ कानुनी कारवाही गर्न उनले माग गरेका छन्।
निवेदनमा पराजुलीले फाेन गरेको कल डिट्यल्स निकालेर छानवीन गर्न समेत माग गरिएको छ। पराजुलीको कल डिटेल माग गर्दै भण्डारी काठमाडाैं प्रहरी परिसर टेकू पुगेका छन्।
बारम्बार ज्यान मार्ने धम्की र गुण्डाले कार्यालयमै अाएर खाेज्न थालेकाे अवस्थामा आफ्नो ज्यान तलमाथि भए प्रधान न्यायाधीश पराजुलीमाथि कानुनी कारवाही हुनु पर्ने उनकाे दाबी छ। यो विषयमा थप बुझ्न प्रधान न्यायाधीश पराजुलीसँग नेपालखबरले पटक पटक सम्पर्क प्रयास गर्दा उनले माेबाइल उठाएनन्।
यस्ताे छ निवेदन
फोटो नेपाल खबर
Comments are closed.