आज ९शनिबार० नेपाली बजारमा सुनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Comments are closed.