Nepal's First Video FM

दिपिका-रणवीरको बिहेकाे निम्तो पाउने चार ‘भाग्यमानी’को हुन् पढ्नुहोस ?

773

बलिउड स्टार दिपिका पादुकोण र रणवीर सिंहले आगामी नोभेम्बर १४ मा बिहे गर्दै छन् । उनीहरूकाे बिहे यतीबेला बलिउड मिडियाहरूमा चर्चाकाे विषय बनेकाे छ ।

केही मिडियाकाे जानकारी अनुसार दिपिका र रणवीरले प्रमुख वैवाहिक समाराेह सानाे पारिवारिक जमघटमा मात्र गर्ने बताएका छन् । प्रमुख वैवाहिक समाराेह परिवारका मुख्य सदस्य मात्र रहनेछन् । उक्त समाराेहमा बलिउडका केवल चार जनाले मात्र सहभागि जनाउने भएका छन् । दिपिका-रणवीरले ती चारलार्इ मात्र निमन्त्रणा कार्ड दिएका छन् ।

निम्ताे पाउने चार जना मध्ये तीन जना काेकाे भन्ने पहिचान भइसकेकाे छ भने एक जना पत्ता लागेका छैनन् । निमन्त्रणा कार्ड पाउने भाग्यमानीहरूमा निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडा रहेका छन् ।

बिहे इटलीमा हुने समाचार बाहिरिए पनि यसबारे दिपिका-रणवीरले मुख नखाेलेकाले याे सस्पेन्स नै रहेकाे छ । बिहेपछि भने मुम्बई र बैंगलौरमा भव्य रिसेप्सन पार्टि दिने दिपिका-रणवीरकाे याेजना रहेकाे छ । जसमा बलिउडका थुप्रै हस्तिहरु उपस्थित हुनेछन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.