फिल्म ‘चङ्गा चेट’ कार्तिक १६ गतेबाट देशभर प्रर्दशनमा आउदै छ । यस फिल्मको सेन्सर पास भएसँगै ३ पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको छ ।
कमेडि जनरामा तयार पारिएको चङ्गा चेट फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाहरुले अभिभावकको निगरानीमा रहर्नु पर्नेछ । पोस्टरमा फिल्मका सबै प्रमुख कलाकारहरु फिचर्ड छन् । काठमाडौमा बसेको युवाहरुको पैसा कमाउने जोस र रोजगारीको समस्यालाई फिल्मको कथामा समेटिएको छ ।
दीपेन्द्र के. खनालद्धारा निर्देशित यस मल्टिस्टारर फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राना, सुरक्षा पन्तको मुख्य भुमिका रहेको फिल्ममा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ । माधव वाग्ले र सर्मिला पाण्डेको संयुक्त निर्माण रहेको फिल्ममा कथा लेखन प्रदीप भारद्वाजको रहेको छ ।
राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई निरक कँडेलको छायांकन गरेका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.