Nepal's First Video FM

आज – ११ कार्तिक २०७५ आइतवारको राशिफल

460

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

Hamro Patro

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.