Nepal's First Video FM

‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन यस दिनबाट सुरू

700

कमेडी किंग कपिल शर्मा एक पल्ट फेरी ‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन लिएर कमब्याक गर्दैछन् । एक भारतीय वेभसाइट ‘जी न्यूज’का अनुसार, कपिलसंगै उक्त शाे मा कमेडीयन भारती सिंह र कृष्णा अभिषेक देखिने सम्भावना प्रबल रहेकाे छ ।

जानकारी अनुसार, कपिल शर्मा शाे २५ नाेभेम्बरबाट साेनी च्यानलद्वारा दर्शक माझ अाउँदै छ । केही कारणबस याे दिन शाे सुचारू हुन सकेन भने ११ डिसेम्बर देखि प्रसारण शुरू हुने पक्का भएकाे छ ।

कपिल शर्माले ट्वीट गरेर अाफू कमब्याक हुन लागेकाे जानकारी गराएका हुन् । उनले लेखेका छन्- ‘द कपिल शर्मा शाे लिएर छिट्टै अाउँदैछु मात्र साेनी टिभिमा’ । उनकाे उक्त ट्वीटमा भारती शर्माले लेखेकी छिन्, ‘अाउ,अाउ चाँडै अाउ’ ।

याे खबरले कपिलका फ्यानहरूमा खुसी छाएकाे छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.