तिहार र छठलाई लक्षित गरी ल्याइएको ठूलो परिमाणको पटाकासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।आइतबार काठमाडौंको महावौद्धबाट प्रहरीले ७ क्वीन्टल पटाका नियन्त्रणमा लिएको हो । प्रहरीले महावौद्धको सुशान्त ट्वाइकज एण्ड गिफ्ट आउसबाट २ क्वीन्टल र विवेक खेलौना हाउसबाट ५ क्वीन्टल पटाका बरामद गरेको जनाएको छ ।
प्रहरीले सुशासन्ट ट्वाइजका सञ्चालक अशोककुमार साह र विवेक खेलौना हाउसका सञ्चालक नन्दलाल साहलाई पनि पक्राउ गरेको छ ।उनीहरुबाट गमला चक्र, रोल क्याप, झिरझिरे, क्लासिक डिलक्स, रकेट,माल्टा र डिलक्स आदि नामका पटका र विस्फोटक पदार्थ बरामद गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
Comments are closed.