Nepal's First Video FM

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण

735

कातिक १२, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीको छातीमा संक्रमण भएको र चिनीको मात्र असन्तुलित रहेको जनाएको छ । उनलाई सोमबार बिहान सेन्टरमा भर्ना गरिएको थियो ।सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठ प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे पत्रकारहरुलाई जानकारी गराउँदै । तस्बिर : कवि अधिकारी । कान्तिपुर ।

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएका हुन्।
‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दछौं’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्रीको कोरोनरी केयर यूनिट (सीसीयू) को विशेष कोठामा उपचार भइरहेको छ। चिकित्सकहरुले केही दिन अस्पतालमै राख्नु पर्नेसमेत बताएका छन्।

चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान अस्पताल भर्ना भएका थिए। यसअघि कान्तिपुरसंगको कुराकानीमाअस्पतालका प्रा‍. डा. अरुण सायमीले भइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको बताएका थिए। उनले भने, ‘फोक्सोमा भएको संक्रमणको उपचार भइरहेको छ। नशाबाट एण्टोबायोटिक दिइरहेको छ।’
भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट रोकेका प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी भएका थिए।

NRN बाट

You might also like

Comments are closed.