कातिक १२, सम्पदा पुर्नःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएसँगै पुर्नःनिर्माणको कामले गति लिन थालेको हो । हनुमानढोका नजिकैको कुमारीघर र काष्ठमाण्डपकै आसपासमा रहेको निकै चर्चित सम्पदा माजु देवलको सोमबार पुर्नःनिर्माण कार्य शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि अब काठमाडौँका सम्पदा पुर्नःनिर्माणले गति लिने बताए ।
उनले सबै प्रक्रिया पूरा गरेर माजु देवल दुई वर्षभित्रमा सक्ने गरी ठेक्कामा दिएको जानकारी समेत दिए । ‘हामीले भूकम्पले भत्किएका सम्पदा आफ्नै खर्चमा बनाउने भन्दै आएका छौँ,’ शाक्यले भने, ‘हामीले यस अघि नै काष्ठमाण्डप पुर्ननिर्माण महानगरपालिककै खर्चमा गर्ने भनेर काष्ठमाण्डप पुननिर्माण समितिलाई पुर्ननिर्माणका लागि पाँच करोडको चेक हस्तान्तरण गरिसकेका छौँ । अब माजु देवल पनि हाम्रै खर्चमा बनाउँछौँ ।’
उनले महानगरपालिका भित्रका सम्पदा पुर्नःनिर्माणमा कसैसँग सहयोग नमाग्ने पनि दाबी गरे । ‘हामीलाई पैसाको कुनै समस्या छैन,’ उनले भने, ‘काम समयमा सम्पन्न हुनुपर्यो ।’
Comments are closed, but trackbacks and pingbacks are open.