Nepal's First Video FM

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ‘रन–वे’ पिच गर्न सुरू

443

कातिक १४, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ‘रन–वे’ पिच गर्न थालिएको छ । विमानस्थल स्तरोन्नतीको जिम्मा लिएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ४ महिनाभित्र सक्ने लक्ष्यसहित आजबाट ३ किलोमिटरको रेन–वे पिच गर्न थालेको हो । चिनियाँ र स्थानीय ठेकेदार कम्पनीले करिब दुई सय कामदार परिचालन गरेर बिहान ६ देखि राति १२ बजेसम्म काम गरिरहेका छन् ।

ओभरहेड ट्यांकी, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, टर्मिनल भवन लगायत काम अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०१९ अगष्ट सम्ममा विमानस्थल स्तरोन्नतीको काम सकिने दावी गर्नुभयो ।

रन–वे पीच गर्न सकिए लगत्तै आन्तरिक उडान पनि नयाँ रन–वेबाट हुने र हाल संचालनमा रहेको रन–वे ट्याक्सी–वेमा परिणत हुने गरी काम अगाडि बढाईएको बताइएको छ । एसियाली विकास बैंकको अनुदान र ऋण सहयोग गरी कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतमा सन् २०१५ मा विमानस्थलको स्तरोन्नती सुरु गरिएको थियो । विमानस्थलमा निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भइसकेको छ ।

You might also like

Comments are closed.