Nepal's First Video FM

प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार अाएपछि अस्पतालबाटै अनौपचारिक काम सुरु

537

स्वास्थ्य सुधार हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै काम सुरु गर्नुभएको छ । सोमबार राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि आजदेखि अनौपचारिक काम सुरु गर्नुभएको हो ।

बिहान अस्पतालमा नै उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासंग बैठक गरेर पछिल्लो गतिविधिबारे जानकारी लिनुभएको थियो । यद्यपि एन्टिवायोटिक औषधीको कोर्स पुरा नहुन्जेल प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने छ ।

प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.