Nepal's First Video FM

फिल्म ‘गुनगुन’ दोस्रो गीत सार्वजनिक

710

यहि कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘चम्क्यो तारा’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार संचिता लुइँटेल र सन्नी ढकालको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको सङ्गीत, मलिना राई र दौलत राईको स्वर रहेको छ ।

भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । प्रार्थना फिल्मस्को ब्यानरबाट बनेको यो फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा संचिता र सन्नीको अलावा पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा छायाँकन सौरभ लामाको रहेको छ । फिल्ममा हिमाल केसीको एक्सन रहेको छ, भने अर्जुन जीसीको सम्पादन रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.