Nepal's First Video FM

चर्चित सर्जक बसन्त थापाको उत्कृष्ट अभिनय ,संगीत र स्वरमा गाउँले ठिटो बाहिरियो-भिडियो

773

कमल सरगम-नेपाली लोक संगीत क्षेत्रका होनहार सर्जक तथा गायक बसन्त थापाको उत्कृष्ट संगीत तथा एकल आवाजमा रहेको लोक पप गीत “मत गाउँले ठिटो”सार्बजनिक भएको छ।राजधानीको युनियन हाउसमा बिमोचन भएको उक्त गीत यो बेला बसन्त थापाको यूटूब च्यानलबाट सार्बजनिक भएको हो।

चर्चित सर्जक एकनारायण भण्डारीको प्रमुख आतिथ्यतामा विमोचित उक्त कृतिको समिक्षा भने चर्चित सर्जक प्रलाहद सुबेदी,चर्चित गायक याम क्षेत्री,चर्चित मोडल दुर्गेश थापा,उक्त गीतकै मोडल जुना सुन्दास,गीतका शब्द सर्जक दिपेन्द्र अधिकारी,गीतका निर्देशक प्रथम खड्का लगाएतले बोलेका थिए।

गीतले फरक मौलिकतालाई झल्काउदै गाउँले समाजलाई केहि परिमार्जन गर्न खोजेको सर्जक एकनारायण भण्डारीले ब्याख्य गरेका थिए।सोहि क्रममा चर्चित कलाकारहरुले उक्त एल्बमको सफलताको कामना गर्नुभएको थियो।हेरौ एल्बममा समाबेस उक्त गीत एक पटक :

You might also like

Comments are closed.