Nepal's First Video FM

शौच गर्न जाँदा बालिका बलात्कृत

684

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।
देउँसी भैलोको तयारी गरी राति करिब १० बजे घरमा आएकी बालिका शौच गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा विकले जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।

उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।प्रहरीका अनुसार पीडित बालिकालाई जिल्ला अस्पतालमा उपचार गरेर घर पठाइएको छ ।विकले भने आफूले करणी नगरेको प्रहरी समक्ष दावी गर्दै आएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.